हेटौंडामा प्रदेश तीन खेलकुद परिषदमा मकवापुरका दुईजना सहित सपथ ग्रहण

गुगलपाटी संवाददाता हेटौंडा
२४ असार २०७६ ०८:२७

प्रदेश ३ को प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव र सदस्यहरुको शपथ ग्रहण भएको छ ।
हेटौैंडास्थित सामाजिक विकास मन्त्रालयमा मन्त्री युवराज दुलाल अध्यक्ष रहेको परिषदमा सदस्य सचिब सूर्यलाल भण्डारी र सदस्यहरु विकाश तामाङ, माधब तिमल्सीना, मनिता श्रेष्ठ, उत्तम गुरुङ र कल्पना शर्मालाई आज सफथ ग्रहण गरीएको हो ।

प्रदेश खेलकुद बिकाश परिषदमा २१ सदस्य टोली रहने भएपनि अहिले भने ६ जना मात्र यही असार ९ गतेको मन्त्री परिषदको बैठकले निर्णय गरेको थियो ।

प्रदेशमा खेलकुद पूर्बाधारका क्षेत्रमा प्राथमिकताका साथ काम गरिनुपर्ने विकास मन्त्री युवराज दुलाल बताएका छन् । सुविधा सम्पन्न रंगशाला निर्माण गरेर काम गर्नुपर्ने अहिलेको आवस्यक्ता रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का नीति तथा योजान आयोगका सदस्य डाक्टर एमुना कडेल, मन्त्रालयका सचिब दिपेन्द्र सुबेदी लगायतकाको उपस्थित रहेको थियो । नब नियुक्त सदस्य सचिब भण्डारीले आजै पदभार पनि ग्रहण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया