काठमाडौं फन् भ्यालीले कर छलेको आशंकाः राजश्व कार्यालयद्धारा कागजपत्र नियन्त्रणमा

गुगलपाटी संवाददाता भक्तपुर
२४ असार २०७६ ०९:४२

 कर छलेको आशंकामा राजश्व कार्यालयले काठमाडौं फन् भ्यालीको कागजपत्र नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलाँसेमा रहेको फन् भ्यालीले कर छलि गरेको उजुरी आएपछि कागजपत्र नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले भने, ‘हाम्रो कार्यालयमा उजुरी आएपछि असार ५ गते उक्त संस्थाको विभिन्न कागजपत्र ल्याएका छौं ।’  अनुसन्धानको क्रममा रहेको यसको वास्तविकता केही समयपछि मात्र थाहा हुने समेत कार्यालयका प्रमुख पोखरेलले रातोपाटीलाई बताए । 

यसबारेमा फ्नभ्यालीका प्रवक्ता लक्ष्मण गिरीसँग बुझ्दा उनले कर कार्यालयले कागजपत्र लिएर गएको बताए । गिरीले भने, ‘हामीले त्यस्तो कुनै कमजोरी गरेका छैनौं दोषी देखिएमा कारवाही भोग्न तयार छौ ।’

तपाईको प्रतिक्रिया