युवतीलाई यातना दिने धर्तीमाता धरौटीमा रीहा

गुगलपाटी संवाददाता काठमाडौं
२४ असार २०७६ १२:१५

काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कँवर रिहा भएकी छिन्।

उनलाई महानगरीय प्रहरी परिसरको टोलीले यही असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको थियो।

उनलाई जिल्ला अदालत काठमाडौंले २० हजार र जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० हजार गरी ३० हजार रुपैयाँ धरौटीमा रिहा हो। कुँवरले कैयौं मानिसको भीडको बीचमै एक युवतीलाई भोक्सी लागेको भन्दै यातना दिएकी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।