मकवानपुरगढी गाँउपालिकामा एकको पहिरोले घर बगाएपछि

गुगलपाटी संवाददाता हेटौंडा
२५ असार २०७६ ०६:१६

मकवानपुरमा अविरल वर्षा संगै गएको पहिरोले एक घर बगाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङमा ५० बर्षीय सुर्दशन गोलेको घर बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घर बगाएर एक सयमिटर तल पुर्याएको प्रहरीले जनाएको छ । घरमा रहेका गोले र चितवन भरतपुर महानगरपालिका वडा नम्बर १ का २१ बर्षीय प्रमोद भण्डारीलाई प्रहरीले उद्धार गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया