पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने सडक अवरुद्ध

गुगलपाटी संवाददाता हेटौंडा
२५ असार २०७६ ०७:४५

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर हेटौंडा(सिस्नेरी(काठमाडौं सडक अवरुद्ध भएको छ । सडकमा पहिरो गएकाले सो सडक खण्ड अवरुद्ध भएको हो ।

ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ३ को सिमानास्थित छेपारेमा लेदो माटोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बर्षाका कारण पहिरो हटाउन नसकेको प्रहरीले जनाएको छ । हेटौंडाबाट गएका र काठमाडौंबाट आएका गाडि पहिरोले रोकिएका छन् ।

यता, निरन्तर परेको बर्षासंगै गएको पहिरोले गर्दा सोमबारदेखि अवरुद्ध कान्तिलोकपथ सुचारू हुन सकेको छैन ।

कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे, कालोपहिरो भन्ने ठाउँमा सोमबार दिउँसो पहिरो र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै ठुलो ढुङ्गा खस्दा राजपथ अबरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनका प्रहरी निरीक्षक सागर विक्रम राणाले बताएका छन् ।

तपाईको प्रतिक्रिया