सरकार ब्यवसायीसँंग घुँडा टेक्दैनःगृहमंत्री थापा
गुगलपाटी संवाददाता मकवानपुर,१८ बैशाख नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा“वादल” ले यातायात क्षेत्रमा रहेको सिन्डीकेटलाई अन्त्य गरेरै छोडने बताउनुभएको छ । प्रदेश नंबर ३ स्तरीय सुरक्षा गोष्टीको लागि हेटौँडा आएका आउनु भएका थापाले संचारकर्मीहरुसंग कुरा गद सिन्डीकेटलाई खारेज गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सरकार ब्यवसायीहरुसंग घुँडा टेक्ने अवस्थामा नरहेको बताउनुभयो ।
अनियमियता, भ्रष्टाचार गर्ने हरेक क्षेत्रलाई सुधार गर्दै आफुहरुको दायित्व रहेको भन्दै उहाँले अपराध, भ्रष्टाचार, कालाबजारी, सिन्डीकेट अन्त्यको लागि सरकारले कदम चाल्ने बताउनुभयो ।