नहरमा डुबेर ६ वर्षिय बालकको मृत्यु

गुगलपाटी संवाददाता वीरगञ्ज
२६ असार २०७६ ०९:१७

नहरमा डुबेर वीरगञ्जमा ६ वर्षाका बालकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर बस्ने दिपेन्द्र साह तुराहाका छोरा रोसन साह तुराहाको नहरमा डुबेर ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

जगरनाथपुरमै रहेको नहरमा शौच गर्न जाने क्रममा बालक तुराहा चिप्लिइएर नहरमा डुबेका हुन् । उनलाई उद्धार गरेर उपचारका लागि गण्डक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

बालकको शव नारायणी अस्पतालमा पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया