अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष पक्राउ

गुगलपाटी संवाददाता परासी 
२६ असार २०७६ ०९:३०

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठन पश्चिम नवलपरासीकी अध्यक्ष शारदा भण्डारी पक्राउ परेकी छन्।

प्रहरीले भण्डारीलाई बुधबार दिउँसो पक्राउ गरेको हो। उनलाई सरावल गाउँपालिकाको बासाबसही चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्ष वीरेन्द्र थापाले जानकारी दिए।

उनलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको थापाले बताए। उनको घर कपिलवस्तुको बग्तीबगर हो। नवलपरासी विद्यार्थी संगठनको जिम्मेवारी दिइएपछि उनी सुनवल नगरपालिकाको कीर्तिपुरमा बस्दै आएकी थिइन्। स्रोत : अन्नपुर्णपोष्ट

तपाईको प्रतिक्रिया