थाहाको विद्यालयहरुमा रुपचन्द्र विष्टको “थाहा दर्शन”
गुगलपाटी संवाददाताथाहा नगरपालिकामा जन्मेर नेपालभर जनवादको विषयमा वकालत गर्दै हिडेका जनवादी नेता रुपचन्द्र विष्टले उत्पादन गरेको थाहा दर्शनबाटै नगरपालिकाको नाम समेत राखिएको क्षेत्रमा विष्टले उत्पादन गरेको थाहा दर्शनलाई उत्तरी मकवानपुरको थाहा नगरपालिकाले अब विद्यालय शिक्षामा समेत समावेश गर्ने भएको छ । थाहा नगरपालिकाको नगरसभाबाट सो विषय पारित भएको हो ।
विद्यालय शिक्षामा रुपचन्द्र विष्टको दर्शनले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने भएको कारण आफुहरुले विद्यालय लेभलमा उक्त विषको लागि अध्ययनको स्विकृत दिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए ।
रुपचन्द्र विष्ट थाहाको मात्र नभएर नेपालभरकै जनविश्वास जितेका नेता भएको भन्दै उनको जीवनी तथा दर्शनलाई विद्यार्थीमाझ पुर्याउनुपर्ने आजको आवश्यक्ता रहेको बताए ।
विद्यालयमा अध्यापनको लागि कस्तो खाले विषयहरु, स्कुलका विद्यार्थीहरुको लागि कस्तो प्रकारले पाठ्यक्रम निर्धारण गर्ने भन्ने विषयमा चाँडैनै निर्णय हुने र काम सुरु भैहाल्ने समेत उनको भनाई रहेको छ ।