पहिरोका कारण बिपि राजमार्ग अवरुद्ध, घुर्मी बजारमा दुई दिनदेखि यात्रु अलपत्र

गुगलपाटी संवाददाता काठमाडौं
२७ असार २०७६ ०५:५६

अनियन्त्रित रुपमा लगातार परेको पानी सँगै मुलुकका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरोले सडक अवरुद्ध बनेका छन् ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द भएको छ ।

यस्तै लमजुङबाट मनाङ जाने र भोजपुरबाट धरान जाने बाटो पनि बन्द भएको राष्ट्रिय आपतकालिन परिचालन केन्द्रले जनाएको छ ।

बाढीका कारण सडक अवरुद्ध भएपछि उदयपुरको घुर्मी बजारमा दुई दिनदेखि यात्रु अलपत्र परेका छन् ।

त्यस्तै उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंतर्फ आउने सवारी घुर्मी बजारमै रोकिएका छन् ।