मकवानपुरको भिमफेदीमा बाढी, हेटौंडाबाट दामनपालुङ् हुँदै काठमाडौं जानेबाटो अवरुद्ध
गुगलपाटी संवाददाता हेटौंडा२७ असार २०७६ ०६:०९
मकवानपुरको भिमफेदीमा आएको बाढीका कारण हेटौंडाबाट भैसे, नामटार, दामन पालुङ र भिमफेदी, सिस्नेरी, फोखेल हुँदै काठमाडौं जाने बाटो अवरुद्ध भएको छ ।
अनियन्त्रित रुपमा परिरहेको अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ स्थित बागझोरामा आएको बाढीको कारण सडक अवरुद्ध भएको हो ।
बागझोरा खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।