बर्दिबास–निजगढ रेलमार्ग निर्माणका लागि ८ कम्पनीको प्रस्ताव
गुगलपाटी संवाददाता काठमाडौंबर्दिबास–निजगढ रेलमार्गको ट्रयाक निर्माणका लागि ८ कम्पनीले प्रस्ताव गरेका छन् ।
गत वैैशाख २३ गते गरिएको सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरिएकोमा बोलपत्रदाताबाट आर्थिक तथा प्राविधि प्रस्ताव प्राप्त भएको रेल विभागले जनाएको छ ।
प्राप्त भएका बोलपत्रदाताहरुको आर्थिक र प्राविधिक प्रस्ताव मूल्यांकन गरिने आयोजनाले जनाएको छ । प्रस्ताव भएका बोलपत्रदाताको आर्थिक प्रस्ताव २०७६ साउन २ गते खोलिने छ ।
आर्थिक प्रस्ताव मूल्यांकन प्रभावकारी देखिने कम्पनीले उक्त रेलमार्ग निर्माण गर्ने ठेक्का पाउने छ । यसअघि प्राविधिक प्रस्तावमा ३ कम्पनी छनौट भएका थिए ।
बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ ।