भारी वर्षाका कारण घर भत्किँदा ११ वर्षिय बालकको मृत्यु

गुगलपाटी संवाददाता काठमाडौं
२७ असार २०७६ ०७:१७

भारी वर्षाका कारण ललितपुरको बागमती गाँउपालिका वडा नं २ माल्टास्थित बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।

घर भत्किँदा पन्चलाल जिम्बाको ११ बर्षीय छोरा सरोज जिम्बाको मृत्यु भएको स्थानीय प्रकाश लामाले जानकारी दिए।

बालकको मृत्युबारे सूचना प्राप्त भएको र प्रहरी घटनास्थलतर्फ लागिसकेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दूर्गा सिंहले बताइन्। पहिरोले बाटो अवरुद्ध भएकोले पैदल पुग्न प्रहरीलाई २ घन्टा लाग्ने सिंहले जानकारी दिइन्।