ईन्द्रसरोवरमा गुडीरहेको कार पहिरोले पुरेपछि
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा काठमाण्डौ छोटो दुरीको मार्ग अन्र्तगत इन्द्रसरोवर गाउँपालिका वडानम्बर १ कलंकीमा पहिरोले निजी कार पुरेको छ । हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कार पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
सडकमा गुडीरहेको कारलाई पहिरोले पुरेको हो । पहिरोले कार पुरेपनि मानवीय क्षती भने नभएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानाकारी दिनुभयो । कार पुरेको स्थानमा नेपाली सेनाको टोलि खटिएको छ ।