हेटौंडा ५ नम्बरवडाका सम्पुर्ण विद्यालय बन्द गर्न उपमहानगरको निर्देशन
गुगलपाटी संवाददाता हेटौँडाहेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ५ का सबै विद्यालय बन्द गर्न उपमहानगरले निर्देशन दिएको छ ।
विगत केहिदिन देखी अविरल बर्षाको कारण यस उपमहानगरपालिकाको वडा नं ५ का सम्पुर्ण भागहरू डुवानमा परेकोले यस वडा क्षेत्रभित्र रहेका सम्पुर्ण सामुदायिक, संस्थागत र अन्य शैक्षिक संस्थाहरु आज मिति २०७६र०३र २९ देखि तीन दिन सम्म संचालन नगर्नुहुन भन्दै सूचना जारी गरेको छ । उपमहानगरको फेसबुक पेजमा सूचना जारी गर्दै विद्यालय बन्द गर्नुका साथै यस अवधिमा अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई सुरक्षित स्थानमानै राख्नुहुन समेत हेटौंडा उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडार नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनीयाले उपमहानगर प्रमुख हरि बहादुर महतसँगको छलफल गरि वडाको अवस्थालाई मध्य नजर गर्दै वडाका सबै विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो ।
प्याब्सन मकवानपुरका अध्यक्ष अनिल पाण्डेले उपमहानगर ५ का वडा अध्यक्षबाट यस्तो सूचना आएपछि सम्वन्धित सबैमा सूचना प्रवाह गरिएको जानकारी दिनुभयो ।