इन्डोनेसियामा ७.३ रेक्टरको भुकम्प
गुगलपाटी संवाददाता एजेन्सीइन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टरस्केलको भूकम्प गएको छ । इन्डोनेसियाको पर्यटकीय क्षेत्र मालुकु उतारा टापुमा स्थानीय समय अनुसार आइतबार १०:१० बजे भूकम्प गएको यूएस जिओलोजिकल सर्भेले जनाएको छ ।
भूकम्पको झट्का महसुस गर्नेबित्तिकै स्थानीयहरु घरबाट बाहिर निस्किएका थिए । मालुकु प्रान्तको दक्षिणपूर्वी क्षेत्र टेरनेट क्षत्रेमा केन्द्रविन्दु बनाएर १६६ किलोमिटरको क्षेत्रमा फैलिएको भूकम्प १० किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु दक्षिण हल्माहेरा नजिकै रहेको यूएजिएसले जनाएको छ ।
अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएको छ । इन्डोनेसिया विपद् संस्थाका अनुसार अहिलेसम्म भूकम्पपछि सुनामीको सम्भावना नदेखिएको जनाएको छ ।
टेलिभिजन दृश्यहरुमा भूकम्पको धक्का लागेपछि मानिसहरु चिच्याउँदै घर तथा सपिङ मलबाट सडकमा दौडिरहेका थिए ।