पोखरीमा डुबेर दुई बालकको मृत्यु

गुगलपाटी संवाददाता कपिलवस्तु
२९ असार २०७६ ११:४६

कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। बुद्धभुमी नगरपालिका वडा नं.४ किलौनीस्थित पोखरीमा डुबेर स्थानीय बेत बहादुर बोहोराका ९ वर्षीय छोरा अनमोल र रामबहादुर कुँवरको १० वर्षीय छोरा सौगातको मृत्यु भएको हो।

दिउँसो साढे दुई बजेतिर घरदेखि ५ सय मिटर उत्तरतर्फ रहेको पोखरीमा खेल्ने क्रममा बालकहरु डुबेका थिए।

उनीहरुलाई स्थानीयले तत्काल उद्धार गरी चार नंं स्थित सामुदायिक अस्पतालमा उपचारको लागि लगेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिए।