इन्द्रसरोवरमा क्षमता भन्दा धेरै पानी,नियन्त्रित रुपमा ड्याम खोलिने
गुगलपाटी संवाददातानेपालकै ठुलो मानव निर्मित इन्द्रसरोवर जलशायमा क्षमता भन्दा धेरै पानी भरिएको छ । कुलेखानीमा क्षमता भन्दा बढी पानी भरीएकोले त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । ड्यामको ढोका खोल्दा मकवानपुरको भीमफेदी गाउँपालिकाको केहि क्षेत्र, इन्द्रसरोवर गाउँपालिकाका केहि क्षेत्र,वाग्मती गाउँपालिका, सर्लार्ही लगायतका जिल्लामा प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन् ।
कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १५ सय २५ दशमलब ४ मिटर पानी भरिएको छ । प्रतिघण्टा १ मिटरका दरले पानी बढीरहेकाले इन्द्रसरोवरको ड्याममा खतराको संकेत देखिएकाले पानी बाहिर निकाल्नुपरेको प्रमुख जिल्ला अधिकारी तामाङले बतााउनुभयो । बिहान ८ बजेबाट पानी प्राबिधिकको नियन्त्रणमा बाहिर निकाल्न लागिएको थियो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो । टोलिले नेपाल बिधुत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आदेशको पर्खाइमा रहेको छ ।
१ सय १४ मिटर उचाइमा ड्याम रहेको छ । ३ सय मिटर चौडाइको ड्याम ७ किलोमिटर लामो रहेको छ । १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो । जलाशयको कुलेखानी प्रथमवाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत् उत्पादन हुँदै आएको छ । यही जलाशयको पानीबाट निर्माणाधीन कुलेखानी तेस्रोबाट १४ मेगावाट उत्पादन हुन्छ ।