भिमिफेदीको २५ घरका ९२ जना विस्थापित

गुगलपाटी संवाददाता भिमफेदि
३० असार २०७६ ०६:१४

गाँउपालिका वडा नं ५ माथिल्लो दमार र तल्लो दमारमा अबिरल बर्षाको कारण २५ घरको ९२ जना बिस्थापित भएका छन । अव्यवस्थित भौतिक पुर्वाधार निर्माण तथा उत्खननको कारण बस्ती जोखिममा परेको हो ।

उनिहरुलाई नेपाली सेना नेपाल प्रहरी, नेपाल रेड्क्रस, जनप्रतिनिधि लगायत स्थानियको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरियको थियो।

विस्थापित परिवारका लागि भिमफेदी गाउँपालिकाको बिपद व्यवास्थापन समितीको आपतकालिन बैठकको निर्णय अनुसार रासनको व्यवस्था गरिएको छ भने अन्य खाधन्न, लता कपडा र टेन्टहरु जिल्ला प्रसासन कार्यलय र नेपालरेडक्रस सोसाईटी जिल्ला साखा मकवानपुर बाट रेडक्रस उपसाखा भिमफेदीको सभापती तथा जिल्ला उपमन्त्री सानू थापाको पहलमा आज भिमफेदीमा उपलब्ध गराईएको छ।

उक्त सामाग्री भिमफेदी गाउँपालिकामा २०७६/३-३० गते भिमफेदी गाउँपालिकाको बिपद ब्यबस्थापन समितीमा हस्तान्तरण गरि पालिका मार्फत बितरण गरिने छ। सामग्री बुझ्नको लागि पालिका उपाध्यक्ष पार्बती राना रेडक्रस जिल्ला उपमन्त्री सानू थापा समाज सेवी बद्री स्याङ्तानको उपस्थिती रहेको थियो l