कुलेखानी ड्यामको बाँध खोल्ने तयारी स्थगित, टर्वाइनबाटै नियन्त्रित निकास
गुगलपाटी संवाददाता हेटौंडाकुलेखानी जलविद्युत आयोजनाको सरोवरको बाँध खोल्ने तयारी स्थगित गरिइको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकाल्ने तयारी थालिएको थियो । कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरे ता पनि अहिले पानी बढ्ने दर घटेकाले टर्वाइनबाटै नियन्त्रित निकास भइरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।