खोलाको बहाब बढेपछी थाहानगर ३ को सडक अवरुद्ध
गुगलपाटी संवाददाता मकवनपुरहिजो राती परेको पानीले खोलाको बहाव बढेपछी थाहा नगरपालिका वडा नं ३ घर्तिखोला स्थित भुङ्दालको सडक बगाएको छ । रातीको समयमा पानीको बहाव उच्च भएपछी खोला छेउछाउका बस्ती त्रसित भएको स्थानियले बताए ।
थाहा नगरपालिका शिखरकोटबाट आग्रा डाँडाबास जोडिएको उक्त सडक बगाए पछि उक्त क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । वर्षाद संगै खोलामा पानीको बहाव बढेपछि खोला हुँदै वारपार गर्नुपर्ने सवारीहरु चल्न सकेको थिएन ।
शनिबार इन्द्रायणी चौर हुँदै पालुङ जोडिएको सडकमा संखमुल स्थित सडक र ह्युम पाइप सबै बगाए पछि बैकल्पिक बाटोको रुपमा रहेको पालुङ फाँटबजार जाने बाटो बन्द भएको थियो । हिजो रातीको पानीले पालुङ र डाँडागाउँ जाने सडकको पुलको छेउमा पहिरो गएपछि झन समस्या थपिएको छ ।
खैटेखोलामा रहेको उक्त पुलमा पानीको बहाव संगै माथिबाट आएको पानीका कारण पुलको छेउमा लगाइएको पर्खाल भत्किएको हो । जसले गर्दा ठुला सवारी आवागमनमा समस्या थपिएको छ।