एक लाख ८० हजार घुससहित इन्जिनियर पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं  
३० असार २०७६ १०:४१

जलश्रोत तथा सिंचाई विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) मोहनबाबु यादव सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १ लाख ८० हजार घुस रकमसहित यादवलाई पक्राउ गरेको हो।

उनले षडानन्द नगरपालिका १३ बोयामा रहेको छाँगे खोला सिंचाई कार्यक्रमको बिल भर्पाई पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएका थिए।

उनलाई भोजपुर नगरपालिका ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।