पुर्ण क्षमतामा कुलेखानी चलेपछि भारतबाट आउने विद्युत घट्यो

गुगलपाटी संवाददाता मकवानपुर
३० असार २०७६ १३:२८

कुलेखानीको इन्द्रसरोवर जलाशय भरिपछि पूर्ण क्षमतामा संचालनमा आएको छ । जसको कारणले भारतबाट नेपालले आयात गर्ने विद्युतमा कटौति गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो ६० मेगावाट र दोस्रो ३२ मेगावाट पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरण जनाएको छ ।

कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमीटर मात्रै घट्ने प्राधिकरणले कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अत्याधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युत आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ ।

अघिल्लो महिनाको तुलानमा हाल भारतबाट विद्युतको आयात २०० मेगावाट कम गरिएको प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङ अनुसार अहिले मुलुकभरको विद्युत्को माग करिब ६ सय मेगावाट मात्रै छ ।