पहिरोका कारण ७ सय घर जोखिममा
गुगलपाटी संवाददाता सल्यान३१ असार २०७६ ०५:२२
अविरल वर्षासँगै विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ। पहिरोकै कारण यहाँका सात सय घर उच्च जोखिममा छन्।
कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला, कोटबारा, बनगाडकुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदालेलगायतका दर्जनौं बस्तीका सात सय घर पहिरोको जोखिममा रहेको भूसंरक्षण कार्यालयले जनाएको छ।