उद्धार र राहतको लागि आ-आफ्नो स्तरबाट सहयोग गर्न मन्त्री यादवको निर्देशन

गुगलपाटी संवाददाता जनकपुर
३१ असार २०७६ ०७:१२

 उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी पीडितका लागि आ–आफ्नो स्तरबाट सहयोग गर्न निर्देशन गरेका छन् ।

प्रेस संगठन धनुषाले आज जनकपुरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई जसले जे सकिन्छ त्यहीँबाट सहयोग गर्न आग्रह गरेका हुन ।

उनले वर्तमान सरकार यसमा गम्भीर भई काम गरिरहेको समेत जानकारी दिए ।

अहिलेको समस्या समाधान भएपछि सरकारले दीर्घकालीन योजनाका साथ काम गर्ने समेत उनले बताए ।

अर्को एक प्रसंगमा मन्त्री यादवले सडक, पुलपुलेसा ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारका कारण बाढीले विध्वंश मच्चाएको भन्दै त्यस्ता ठेकेदारलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

बाढी पीडितको अवस्था निरीक्षण गर्न मन्त्री यादव गृह जिल्ला धनुषा पुगेका हुन ।