हेटौंंडामा कोरा साईक्लिङ च्यालेन्ज

गुगलपाटी संवाददाता हेटौंंडा
३१ असार २०७६ ०८:२६

स्वाथ्यका लागी साईकल भन्ने मुल नारा लिएर बिभिन्न गतिविधि गरीरहेको हेटौडा राईर्डस क्लवले हेटौंडा कोरा साईक्लिङ्ग च्यालेन्ज आयोजना गर्ने भएको छ ।

विश्व साईकल यात्री पुस्कर शाहको आतिथ्यतामा आगामी श्रावण ४ गते आयोजना गर्न लागेको साईक्लिङ्ग च्यालेन्जले आफ्नो लागी आफै च्यालेन्ज गरौ भन्ने अभिप्राय राखेको कलबका अध्यक्ष विकाश ताम्राकारले बताए ।

५० किलोमिटरको यात्रा गरीने हेटौंडा कोरा साईक्लिङ्ग च्यालेन्जमा भागलिन बारा,पर्सा,उदयपुर,काठमाण्डौ,ललीतपुर,भक्तपुर,चितवन, कैलाली, धादिङ्ग लगायतका जिल्लाहरुबाट साईकल यात्रीहरु सहभागी हुने अध्यक्ष ताम्राकारले बताए ।

स्वाथ्यका लागी साईकल र जिल्लाका विभिन्न धार्मिक स्थलहरु चिनाउने मुख्य लक्ष्य राखिएको यो कार्यक्रममा जिल्ला र जिल्ला बाहिरका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागिता रहने अध्यक्ष ताम्राकारले बताए ।

कार्यक्रम श्राबण ४ गते बिहान ६ः ३० बाट भुटनदेबीे मन्दिरहुदै बुद्धचोक, पिपलबोट,संगमचोक,नगरपालीकारोड,बनस्खण्डी,सिंचाईटोल हुदै मनकामना मन्दिर, पिप्लेकुना हुदै क्याम्पाडाडा, कमाने, औधोगीक क्षेत्र, गुम्बाचोक, सिमेन्टरोड हुदै चौधघरे, कुश्माण्ड सरोबरधाम,बनस्पतीहुदै पदमपोखरी,बेलडाडा,तीनताप्के हुदै पुन बुद्धचोक आएर शहिदस्मारक,पुन्यक्षेत्र हुदै बुद्धचोक आएर कार्यक्रम समापन हुने अध्यक्ष ताम्राकारले बताए ।

नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर गर्दै कार्यक्रम आयोजना गरीएको उनले बताए । कार्यक्रममा भागलिन जस्तोसुकै साईकल लिएर सहभागिहुन सक्ने बताईएको छ ।

सहभागी हुन २ सय रुपैँया दस्तुर तिर्नुपर्ने सो बापत टिसर्ट र खाना नास्ताको ब्यवस्था रहेको अध्यक्ष ताम्राकारले बताएकाछन् । कार्यक्रममा सहभागी जनाउनेहरुको लागी फारम भर्न सजिलोहोस भन्दै आयोजकले बुद्धचोक लक्ष्मण साईकल स्टोर्स अगाडी टेण्टसहित सेवा सुचारु गरीरहेको छ ।

कार्यक्रमको नाम हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज रहेपनि यो प्रतीयोगीतात्मक कार्यक्रम नभएको आयोजकले प्रष्टपारेको छ ।

तपाईको प्रतिक्रिया