बाढी पहिरोका कारण अवरुद्ध विद्युत सेवा भोलीबाट सुचारु हुने
गुगलपाटी संवाददाता काठमाडौंसरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोली (श्रावण–१ गते) सम्ममा सूचारु हुने भएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा भोलीसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन् ।
उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिए । बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुन पुगेको छ । मन्त्री पुनले ती सबै समस्या भोलीसम्ममा समाधान हुने गरी काम भइरहेको बताए ।