मकवानपुरका सहित बाढी पहिरोबाट ७८ को मृत्यु

गुगलपाटी संवाददाता काठमाडौँ
३१ असार २०७६ १२:२३

मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबार मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ । त्यस्तै ३२ बेपत्ता र ४० जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ । बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।

NEOC, MoHA Nepal@NEOCOfficial

२०७६.०३.३१ अहिले दिउँसो १२:३० बजेसम्म प्राप्त जानकारी अनुसार ७८ मृत्यु, ३२ बेपत्ता, ४० घाइते । ३,३६६ भन्दा बढीको उद्दार । राहत शुरु। थप विवरण http://drrportal.gov.np  मा ।

See NEOC, MoHA Nepal’s other Tweets