हेटौडा–काठमाडौं सडक, त्रिभुवन राजपथ बाहेक सबै अवरुद्ध

गुगलपाटी संवाददाता हेटौंडा
३१ असार २०७६ १२:५५

 हेटौंडा र संघिय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ बाहेक अन्य बाटोहरु अवरुद्ध भएका छन् । कुलेखानी–सिस्नेरी–फाखेल सडक खण्ड, कान्तिलोक पथ अवरुद्ध रहेको छ । कान्तिलोकपथमा ठुलो पहिरो झरेको हुँदा बाटो खुल्न एक हप्ता भन्दा बढि लाग्ने र कुलेखानी–सिस्नेरी–फाखेल सडक खण्ड खुल्न पानी नपरे तीन लाग्ने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

यस्तै  मकवानपुरका स्थानीय तहले ३ दिन भित्र आफ्नो स्थानीय तह भित्र बाढी पहिरोले भएका क्षतिका विवरणहरु जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाउनु पर्ने भएको छ । आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको विपद् व्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको हो ।

समितिले प्रशासन मार्फत मृतक परिवारलाई संघिय सरकारले दिने १ लाख र घाईतेको उपचार खर्च बिल अनुसार दिने निर्णय पनि गरेको छ  । जिल्ला प्रशासन कार्यालय मकवानपुरका  अनुसार मकवानपुर जिल्लामा हाल सम्म बाढी पहिरोको कारण ५ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।