पोखरीमा डुबेर दुईजनाको मृत्यु
गुगलपाटी संवाददाता भोजपुरपानी जमेको पोखरीमा पौडी खेल्ने क्रममा भोजपुरको आमचोक गाउँपालिकामा दुईजना युवकको मृत्यु भएको छ। आमचोक गाउँपालिका २ यूँको थामडाँडास्थित स्थानीय पासाङ शेर्पाका २५ वर्षीय छोरा निमा शेर्पा र दावा शेर्पाका छोरा २० वर्षीय गेल्बु शेर्पाको पानी जमेको पोखरीमा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
वेश क्याम्पबाट इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोरेटारमा सूचना पाएपछि ६ जनाको प्रहरी टोलीले उनीहरुको शव पोखरीबाट निकालेको थियो।
घटनास्थलमा खटिएको प्रहरी टोलीले शवलाई पोखरीबाट निकाली घटनाको अनुसन्धान र कानुनी प्रक्रियापछि शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याईँदै गरिएको इन्स्पेक्टर राजवंशीले बताए।