भेहिकल ट्र्याकिङ सिस्टम सुरु
गुगलपाटी संवाददाता काठमाडौंराजश्व चुहावट रोक्न भन्दै सरकारले बुधबारदेखि भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम शुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले सिस्टमको उद्घाटन गरे ।
उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहे पनि उनी उपस्थित भएनन् । विशेष कार्यव्यस्ताका कारण देखाउदै उपस्थित नभए पनि प्रधानमन्त्रीले लिखित मन्तव्य पठाएका थिए । प्रधानमन्त्रीको लिखित मन्तव्य राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले पढेर सुनाए ।
भेहिकल ट्र्याकिङ सिस्टमले सरकार र निजी क्षेत्र दुबैका लागि अतिउत्तम हुने प्रधानमन्त्रीले बताए । यसले कारोबारलाई थप पारदर्शी बनाउने उनले बताए ।