करेन्ट लागेर सुनसरी र मोरङमा दुईजनाको मृत्यु
गुगलपाटी संवाददाताकरेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरी र मोरङ गरी दुई क्षेत्रमा एक एक जनाको मृत्यु भएको हो । मोरङको सुन्दर हरैचा नगरपालिका ५ मा रहेको गृल उद्योगमा काम गर्दै आएका एकजना र अर्का सुनसरीको इनरुवामा नगरपालिका ८ घरमा बत्तीको स्वीच विग्रीएर मर्मत गर्नेक्रममा अर्का एक जनाको मृत्यु भएको हो ।
मोरङमा मृत्यु हुनेमा भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीलाइ गृल उद्योग नजिकै रहेको एक खाजा घरको होडिङ बोर्ड विग्रेपछि बनाइरहेका बेला करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर भएका उनको उपचारको क्रममा विराटनगरमा ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोरकुमार दाहालले बताएका छन् । त्यसैगरी सुनसरीमा मृत्यु हुनेमा इनरुवा नगरपालिका ८ का १८ वर्षीय अजय मेहता रहेका छन् । उनको घरमै बिजुलीको स्वीच मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।