पिडामा छौँ, राजनीतिको कुरा नगर्नुस : देउवा
गुगलपाटी संवाददाता बर्दिवासप्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरेका छन् । बिहिबार महोत्तरीको बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा आएकाले कार्यकर्ता र सञ्चारकमर्मीहरूलाइ राजनीतिक विषयमा कुरा नराख्न आग्रह गरेका हुन् ।
उनले अहिले बिपत्तिको समयमा सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुपर्ने बताएका छन् । उनले भने यस्तो समयमा आफ्नो, पराइ भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।
अनुगमनपछि देउवाले उद्धार तथा राहतमा लाग्न पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । देउवाले पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि गरेको गुनासो आएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।