जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
गुगलपाटी संवाददाताबाजुराको जगन्नाथ गाउँपालिका ५ स्थित कर्णाली करिडोर सडकखण्डमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको पिपलचौरबाट कालीकोटतर्फ जाँदै गरेको क १ ज २१ नम्बरको जीप उकालो चढ्न नसकी सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परी कैलालीको टीकापुर बस्ने २६ वर्षीय जीप चालक रमेश बोगटी र मुगुको खत्याड ६ बस्ने रामबहादुर शाहीको मृत्यु भएको छ।
यसैगरी, दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएका छन्।
गम्भीर घाइते हुनेमा मुगुको खत्याड गाउँपालिका ६ का उबजन बहादुर शाही, राजेन्द्र बहादुर शाही, महेन्द्रबहादुर शाही र मनकृष्ण उपाध्याय रहेको जनाइएको छ।