सुन तस्करी काण्डःठूलालाई चैन सानालाई ऐन
गुगलपाटी संवाददाता मकवानपुर,१९ बैशाख३३ किलो सुनकाण्डमा मुछिएका अभियुक्तहरुलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २८ जना अभियुक्तहरुलाई मोरङ अदालतमा बुधबार पेश गरेको हो ।
प्रहरीले मोरङ अदालतमा लैजाने क्रममा सर्वसाधरण र व्यापारीहरुलाई वानटेन गाडीमा कोचिएको थियो । उनीहरु सबैलाई प्रहरी हथकडी लगाएर अदालतमा उपस्थित गराएको हो ।
अर्कारित पूर्वडीआईजी गोविन्द निरौलासहितका सुनकाण्डमा मुछिएका प्रहरीका वर्तमान र भूपू अधिकारीहरुलाई भने प्रहरीले स्कार्पियो गाडीमा अदालत पुर्याएको हो ।
पक्राउ परेका सबै प्रहरी अधिकृतहरुलाई भने प्रहरीले हथकडी नलगाई अदालतमा उपस्थित गराएको छ।
मोरङ प्रहरीले प्रहरी अधिकारीहरुलाई पश्चिमी गेटबाट अदालतमा छिराएको थियो भने ब्यापारी र सर्वसाधरणलाई पूर्वी गेटबाट । ३३ किलो सुन तस्करी प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीसहित २९ जना पक्राउ परिसकेका छन् ।