शमशेर विप्लवको गतिविधिमा लागेका छैनन् : श्रीमती सलिना
गुगलपाटी संवाददाता हेटौंडामकवानपुर बकैया गाउँपालिका वडा नंबर ६ का शम्सेर घिसिङका परिवारले शम्सेर विप्लव गतिविधिमा संलग्न नभएको बताएका छन् । गत असार ११ गते बकैया ४ बाट विप्लव नेतृत्वको युवा संघको अध्यक्ष भएको भन्दै प्रहरीले शम्सेरलाई पक्रेका थिए ।
हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि सम्शेर घिसिङका श्रीमती सलिना स्याङ्तानले आफ्नो पति विप्लव गतिविधिमा नलागेको बताईन् । आफु गाउँमानै ब्यवसायमा गरेर बसेको भन्दै उनले श्रीमान नहुँदा घर सञ्चालनमा समस्या भएको बताइन् ।
श्रीमान वैदेशिक रोजगारमा जाने तयारी गरिरहेको अवस्थामा एक्कासी पक्राउ गर्दा आफुहरुलाई निकै पीडा भएको समेत बताईन् । पत्रकार सम्मेलनमा बोल्दै उनका दाई रामबहादुर घिसिङले आफ्नो भाई हालसम्म विप्लवको गतिविधमा संलग्न नभएको दाबी गरे । उनले ९ वर्ष विदेश बसेर आएको ब्यक्ति कसरी विप्लवको कार्यकर्ता हुन्छ भन्दै प्रश्न गरे ।
भाई विदेश जाने तयारीमा रहेको र घरमानै सामान्य ब्यवसाय गरेर बसेको भन्दै हिरासतमुक्त गर्नको लागि प्रहरीलाई आग्रह गरेका छन् ।