सिरिन्ज आक्रमणको त्रास
गुगलपाटी संवाददाता काठमाडौँ— बुधबार दिउँसो राजधानीकी २१ वर्षीया युवती आत्तिँदै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन् । ढाडमुनिको भागमा सिरिन्ज घोपिएको शंकामा उनी अस्पताल पुगेकी थिइन् ।
चिकित्सकले चेकजाँच गर्दा सानो रातो डाबर मात्रै भेटियो । सिरिन्जले घोपे जस्तो कुनै लक्षण थिएन । बसमा यात्रा गर्दा पछाडिको सिटबाट कसैले तिखो वस्तुले घोचेजस्तो लागेको उनले बताइन् । उपचारमा संलग्न डा. रिना देवकोटाका अनुसार उनलाई सिरिन्ज आक्रमणको ‘फोबिया’ ले समातेको हो । चिकित्सकको परामर्शपछि मात्रै उनी ढुक्क भएर घर फर्किन् ।