क्यान्सर पिडित रुपालाई अनेमसंघको सहयोग

गुगलपाटी संवाददाता
४ श्रावण २०७६ १५:०४

हेटौंडा: हेटौंडा उपमहानगर कार्यपालिका सदस्य तथा नेकपाका महिला नेता कमरेड रुपा लामालाई सहयोग भएको छ । क्यान्सरको बिरामी हुनु भएकाेले उहाँकाे स्वास्थ्य उपचारमा थप सहयाेगकाे लागी अाज अनेमसंघ मकवानपुर जिल्लाको संयाेजनमा अनेमसंघ जिल्ला बाट १० हजार र अनेमसंघ र क्रान्तिकारी टिम बाट ६१ हजार गरि जम्मा ७१ हजार सहयाेग भएको छ । उक्त सहयोग रकममा राष्ट्रिय समावेशि अायाेगकि सदस्य बिष्णु अाेझाबाट ४ हजार ५ सय प्रदेश सांसद जुनेली श्रेष्ठ बाट ५ हजार, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले ४ हजार लगायतले सहयोग गरेका थिए । सहयोग हस्तान्तरणमा तत्कालीन अनेमसंघकि अध्यक्ष पार्बती राना, तत्कालीन अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य लक्ष्मी माझी लगायतकाे उपस्थिती रहेको थियो । नेकपा निकट महिला संगठनले स्वास्थ लाभको कामना समेत गरेको छ ।