अफगानिस्तानमा हवाई आक्रमण, २८ तालिवानको मृत्यु
गुगलपाटी संवाददाता अफगानिस्तानअफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिवानी लडाकू मारिएका छन् ।
देशको उत्तरी फार्याब प्रान्तमा भएको कारवाहीमा उनीहरूको मृत्यु भएको सैनिक स्रोतले आइतवार जनाएको छ ।
तालिवान लडाकूहरूको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ, सेनाका एक जना प्रवक्ता हनिफ रेजाइले भने ।
उनले सिन्ह्वालाई दिएको जानकारी अनुसार फार्याब प्रान्तको बिलचिराघ जिल्लामा रहेको अखडामा शनिवार राति आक्रमण भएको हो ।
सुरक्षाकर्मीमाथि आक्रमण गर्ने तयारी गरिरहेका तालिवान लडाकूहरूलाई सुरक्षाकर्मीहरूले नै आक्रमण गरेका हुन् ।
घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।