चर्चले गर्यो विद्यार्थी,एकल महिला र बृद्धबृद्धालाई सम्मान
गुगलपाटी संवाददाता हेटौडामकवानपुरको हेटौडा–१८ मा रहेको हर्नामाडी न्युमेन चर्चको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । हर्नामाडी न्युमेन चर्चको अध्यक्ष तथा पास्टर जिवन लामाको अध्यक्षतामा आफ्नै मण्डली भवनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा चर्चका बाबुलाल मुक्तानले पेश गरेको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण पारित गरिएको थियो । सभामा चर्चका अध्यक्ष पास्टर जिवन लामाले संस्थाको आगामी आर्थिक वर्षको वार्षिक कार्य योजना प्रस्तुत गर्नुभयो ।
सो पारित गरे पश्चात चर्चको ८ लाख ३५ हजार ८ सय ४ रुयौयाँ आम्दानी पुगेको मुक्तानले बताए । चर्चको दंशसा भेटि ४ लाख ७९ हजार ३ सय ३ रुपैयाँ, पहिलो पल ९ हजार ६ सय २५ रुपैयाँ, उपवास भेटि ८ हजार ४ सय १०, चंगाईभेटि २ हजार ७ सय ६० रुपैयाँ, मुठिदान १६ हजार ३ सय ६५ रुपैयाँ, सफलताको भेटि १३ हजार १ सय २५ रुपैयाँ लगायत विभिन्न शिर्षक गरि २ हजार १ सय ३४ रुपैयाँ आम्दानी भएको उनले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस आर्थिक बर्षमा संस्थाले ३ लाख ७८ हजार ७ सय ६६ रुपैयाँ खर्च गरेको छ भने ४ लाख ५६ हजार ३८ रुपैयाँ बचत गर्न सफल भएको छ ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति रुपक कालिराजले ईसाई धर्मालम्बीहरुले आफ्नो चर्चको हरहिसाब सबै सामु पर्दर्शी देखाउने कार्य सकरात्मक रहेको बताए । उनले अब ईसाई धर्मालम्बीहरुले पनि ईसाइ जगतमा मात्रै नभई बाहिर आएर समाजिक कार्य गर्नको लागि आग्रह गरे ।
ईसाइहले धेरै राम्रो कार्य गरेता पनि मिडियामा नआउनु ईसाईहरुकै कमजोरी भएको भन्दै मिडियासँग नजिक भएर अगाडि बढ्न आग्रह गरे । उनले भने,“समाजप्रति उत्तरदाही भएर काम गर्नुहोस्, मिडियाले खोज्दै आउनेछ।”
त्यस्तै पाष्टर राम बहादुर सिन्तानले मण्डलीले गरेको गतिविधिहरु सकरात्मक भएको बताएका छन् । विद्यार्थी देखि एकल महिला र बृद्धबृद्धाहरुलाई सम्मान गर्ने कार्य प्रति प्रशंसा गर्दै आगामी दिनमा अझै नयाँनयाँ कार्य गर्न र सदैव यस मण्डलीलाई उच्च राख्नको लागि सबैले साथ दिनुपर्नेमा जोड दिए ।
त्यस्तै समाजसेवि झम्क कालिराजले चर्चले गरेको कार्यहरु सबै राम्रो लागेको भन्दै यस मण्डलीले अझै समाजमा उदाहरणीय कार्य गर्दै जानु पर्नेमा जोड दिए ।
कार्यक्रमको समापन गर्दै हर्नामाडी न्युमेन चर्चको अध्यक्ष तथा पास्टर जिवन लामाले अबका दिनमा सामाजिक क्षेत्रमा अग्रसर भएर काम गर्ने बताएका छन् । विगत देखि नै सामाजिक क्षेत्रमा पहिलो प्राथामिकतामा राख्दै आएको भन्दै समाज परिवर्तनमा इसाईहरु लाग्ने र नमुना कार्य गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेकाछन् ।
सभामा लामो समय मण्डली सेवकाइमा योगदान पुर्याउनु भएका अग्रजहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । साधारण सभामा संस्थाका कार्य समिति पदाधीकारीहरु सहित सदस्यहरुको सहभागीतामा यस वर्षको साधारण सभा सम्पन्न भएको हो ।
एसईई उतिर्णलाई सम्मान
हर्नामाडी न्युमेन चर्चले यस वर्ष एसईई उतिर्ण गरेका ४ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्यसमिति रुपक कालिराजको हातबाट उतिर्ण गरेको बिद्यार्थीहरु प्रदान गरेको हो । सम्मान हुनेहरुमा नानु विसुन्के, निशा मुक्तान, आषिश मुक्तान र चरिमाया लोप्चन रहेका छन् ।
बृद्धाबृद्धलाई पनि पौष्टिक आहार वितरण
चर्चले मण्डलीका ६ जना बृद्धाबृद्धलाई पौष्टिक आहार वितरण गरेको छ । गुञ्ज बहादुर पाख्रिन, सुन्जीत थिङ, उत्तरकुमार सुर्खेती, सानी पहेँली, ठुली माया मंग्राती र कृष्ण बहादुर बि.क लाई वितरण गरिएको हो । त्यस्तै मण्डलीका एकल महिला आरती बिसुन्के, अञ्निजा तोलाङ्गे,तुलसी श्रेष्ठ लाई नगद सहित सम्मान गरेको हो ।