टी-२० विश्वकप छनोट : विश्व वरीयतामा नेपाल एघारौं स्थानमा

गुगलपाटी संवाददाता
५ श्रावण २०७६ ०९:०४

सोमबारदेखि सिंगापुरमा सुरु हुने आइसिसी टी(२० विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल एक्लो दाबेदार हो।

नेपाल वरियताको आधारमा अन्य टिमभन्दा अघि छ। पछिल्लो नतिजाको आधारमा नेपाललाई च्याम्पियन बन्न रोक्ने सक्ने प्रतिद्वन्द्वी देखिएका छैनन्।

आइसिसीको टी – २० को विश्व वरीयतामा नेपाल एघारौं स्थानमा छ। वरीयतामा नेपाल टेस्ट राष्ट्र जिम्बावे र आयरल्यान्ड भन्दा पनि अघि छ।

एसिया छनोटमा रहेका कतार २१ औं स्थानमा छ। टी  – २० वरीयतामा सिंगापुर २३औं,  कुवेत २८औं र मलेसिया ३५औं स्थानमा छन्।

१० दिन मलेसियामा अभ्यासका दौरान नेपालले मलेसियासँग २ खेलको टी(२० अन्तर्राष्ट्रिय सिरिज खेलको थियो। पहिलो खेलमा सहज जित हात पारे पनि नेपालले दोस्रो खेलमा रोमाञ्चक जित हात पार पारेको थियो।

दोस्रो खेलमा नेपालविरुद्ध गरेको प्रदर्शनबाट मलेसिया उत्साहित छ। जुन नेपालका लागि खतराजनक हुन सक्छ। किनकी कुनै एक खेल हारेको अवस्थामा नेपालको विश्वकप छनोट खेल्ने लक्ष्यमा बाधा पुग्न सक्छ।

‘यदि नेपाल र मलेसियाको वरीयता हेर्नुहुन्छ भने धेरै भिन्नता छ। तर हामीले टी(२० सिरिजमा उत्कृष्ट खेल देखायौं,’ मलेसियाका कप्तान फइज मोहमद नरुले क्रिकेट मलेसियासँग कुरा गर्दै भनेका छन्, ‘हामीले के गर्न सक्छौं भने देखिएको छ। हामी प्रतियोगितामा भाग लिएका टिम मध्ये तल्लो वरीयताको छिम हौं। तल्लो वरीयताको हुँदा पनि हामीले नेपालमाथि जित निकाल्न सक्ने देखाएका थियौं।’

यो अवस्थामा नेपालले विपक्षीलाई कमजोर आँक्ने भूल गर्नेछैन। नेपालले प्रत्येक खेल जित्नुको विकल्प नभएको प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले मलेसिया उड्नुअघि बताएका थिए।

१० महिनाअघि भएको एसिया उपक्षेत्रीय छनोटमा नेपाल च्याम्पियन बनेको थियो। त्यतिबेला नेपालले मलेसिया र सिंगापुरसँग खेलेको थियो। अन्तिम खेलमा सिंगापुरविरुद्बको खेल वर्षाले अवरुद्ध भएपनि नेपाल च्याम्पियन बन्न सफल भएको थियो। त्यतिबेला पहिले ब्याटिङ सिंगापुर ८१ रनमै अलआउट भएको थियो। त्यसअघि नेपालले ८ विकेटको जित निकालेको थियो।

नेपालले प्रतियोगितमा भाग लिएका चार टिम मध्ये मलेसियासँग सबैभन्दा बढी ६ खेल खेलेको छ। जसमध्ये नेपाल ५ खेलमा विजयी भएको थियो। एक साताअघि नेपालले मलेसियाविरुद्धको २ खेलको टी(२० अन्तर्राष्ट्रिय सिरिज क्लिनस्विप गरेको थियो।

सन् २००९ को एसिसी टी(२० भने नेपाललाई मलेसियाले ६ विकेटले हराएको थियो। यो हार नै छनोटमा भाग लिएका चार टिमसँग नेपालको एक मात्र पराजय हो। नेपालले कतारसँग खेलेका दुवै खेलमा जित हात पार्दा सिंगापुरसँगको दुवै प्रतिस्पर्धामा जित हात पारेको छ। नेपालले कतारलाई सन् २००७ को एसिसी टी(२० मा ३ विकेट र सन् २००९ को एसिसी टी(२० मा ६ विकेटले पराजित गरेको थियो।

सिंगापुरलाई नेपालले सन् २००९ को एसिसी टी(२० मा ९ विकेट र २०१३ मा १२१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

यस्तै कुवेतसँग पनि नेपालले अहिलेसम्म हार्नु परेको छैन। सन् २००९ एसिसी कपमा बराबरी खेलेको नेपालले सन् २०११ मा कुवेतमाथि १ रनको जित हात पारेको थियो।

प्रतियोगितामा जितेको अवस्थामा नेपालले आगामी अक्टोबरमा युएईमा हुने विश्व छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

टी–२० विश्वकप छनोटमा १४ टिमबीच विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ। १४ टिम मध्ये शीर्ष ६ टिम आगामी वर्ष अस्ट्रेलियामा हुने आइसिसी टी(२० विश्वकपमा छानिनेछन्।

नेपालको खेल

कतारविरुद्ध – साउन ७ गते
मलेसियाविरद्ध – साउन ८ गते
कुवेतविरुद्ध – साउन ११ गते
सिंगापुरविरुद्ध – साउन १२ गते

९सबै खेल सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा नेपाली समयअनुसार विहान सवा ७ बजे सुरु हुनेछ।०

नेपाली टिम
पारस खड्का ९कप्तान०, अभिनास बोहरा, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

सपोर्ट स्टाफ
उमेश पटवाल – प्रमुख प्रशिक्षक
रमन सिवाकोटी – व्यवस्थापकरविश्लेषक
दिनेश भट्ट – फिजियो