निर्घात कुटपिटपछि चारजनाको घाँटी रेटेर हत्या, प्रहरी भन्छ ‘अन्धविश्वास’

गुगलपाटी संवाददाता
५ श्रावण २०७६ ०९:२८

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ। प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना ९दुई पुरुष र दुई महिला० गाउँमा झारफुक ९धामी झाक्री० को काम गर्थे।

उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ। आरोप छ कि सुतिरहेका उनीहरुलाई हमलाकारीले उठाए र गाउँको चोकमा ल्याएर कुटपिटपछि घाँटी रेटेर हत्या गरे।

अहिले घटनास्थलमा प्रहरी खटिएको छ। गुमलाका एसपी अन्जनी कुमार झाले भने, ‘प्रारम्भिक अनुसन्धानमा यो घटना अन्धविश्वाससँग जोडिएको छ। हामीले गाउँका केही व्यक्तिहरुसँग बयान लिएका छौँ तर उनीहरुले धेरै केही बताएका छैनन् । मृतक दम्पतीकी एक छोरीले प्रहरीलाई यो घटनाबारे जानकारी दिएकी छन्।’

उनले अगाडि भने, ‘केही गाउँका व्यक्तिले गोप्य ढंगले सूचनाहरु दिएका छन् हामी त्यसमा अनुसन्धान गरिरहेका छौँ, त्यसपछि मात्रै घटनाबारे केही बताउन सकिएला ।’

राति भएका कारण हमलामा संलग्नहरुको पहिचान गर्न नसकिएको गाउँलेहरुले बताइरहेका छन् । स्रोत : विविसि हिन्दी