मकवानपुर सहित सबै जिल्लाका नेकपा इन्चार्ज तोकियो

गुगलपाटी संवाददाता हेटौंडा
५ श्रावण २०७६ १०:४९

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुर सहित आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज – सहइन्चार्जको  टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज-सहइन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने भएको छ।