मकवानपुरमा इन्चार्जमा खतिवडा, सह–इन्चार्जमा मोक्तान र राना

गुगलपाटी संवाददाता हेटौंडा
५ श्रावण २०७६ ११:२४

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मकवानपुर सहित आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्जको टुंगो लगाएको छ ।

आज आइतवार टुङ्गो लगाएको इन्चार्जमा विरोध खतिवडा, सह–इन्चार्जमा कुमारी मोक्तान र रामेश्वर राना भएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।