नेत्रविक्रामका सेक्रेटरी सहित दुईजना पक्राउ
गुगलपाटी संवाददाता जुम्लानेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन् ।
उनीहरूलाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा जिप्रका जुम्लाबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो । अहिले उनीहरूका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेक्रेटरी शाही लामो समयदेखि भुमिगत अवस्थामा थिए। युवा अभियान सञ्चालन गर्न उनीहरू गाउँतिर झरेका हुन् । बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेको भन्दै दुख ब्यक्त गरेको छ । यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर तिरूवा ९रविकिरण० लाई सिजा गाउँपालिकाको घोड्याङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।
जुम्लाको सिजा क्षेत्रका विप्लवका गतिविधि बढेको भन्दै प्रहरीले उच्च निगरानीमा राख्दै आएको छ। विप्लव समुहले दुई साता अघि जुम्लाको तिलागाउपालिका र चन्दननाथ नगरपालिकामा ताला लगाएको थियो ।