विकास खर्चको ७६ करोड ८० लाख बढी बजेट फ्रिज
गुगलपाटी संवाददाता बागलुङबागलुङमा आर्थिक बर्ष २०७५/०७६ को ७६ करोड ८० लाख बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि चालु र पुँजीगत दुवै तर्फको गरी ७६ करोड ८० लाख ८० हजार ८ सय ९२ रुपैयाँ रकम फ्रिज भएको हो ।
जिल्लामा गत आर्थिक बर्ष २०७५र०७६ मा चालु खर्च तर्फको ५ अर्ब ३ करोड ३३ लाख ७९ हजार रुपैयाँमा असारसम्म ४ अर्व ७२ करोड २४ लाख २ हजार ५ सय ८१ रुपैयाँ खर्च भएको छ ।
३१ करोड ८ लाख ७६ हजार ६ सय ५५ रुपैयाँ फ्रिज भएको छ । यस्तै पुँजीगत तर्फ १ अर्ब ३० करोड ५१ लाख ६६ हजार रुपैयाँमा ८४ करोड ८० लाख ६१ हजार ७ सय ६२ रुपैयाँ खर्च भएको छ भने ४५ करोड ७१ लाख ४ हजार २३७ रुपैयाँ रकम फ्रिज भएको छ ।
यस वर्ष पूँजीगत खर्च तर्फ सवैभन्दा धेरै रकम फ्रिज डिभिजन सडक कार्यालयको भएको छ । डिभिजन सडक कार्यालयको यस वर्ष १६ करोड ९८ लाख ३१ हजार ३७७ रुपैयाँ फ्रिज भएको छ । पुँजीगत तर्फ ५४ करोड ९२ लाख रुपैयाँ बजेटमा असारसम्म ३७ करोड ९३ लाख ६८ हजार ६ सय २२ रुपैयाँ मात्र खर्च गरेको छ ।
यस्तै पुँजीगत तर्फ नयाँ शहर आयोजना बुर्तिबाङको १० करोड ११ लाख बजेटमा असारसम्म २४ लाख ४२ हजार ७ सय १ रुपैयाँ मात्र बजेट खर्च गरेको छभने ९ करोड ८६ लाख ५७ हजार २९९ रुपैयाँ बजेट फ्रिज भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले ८ करोड खुद बजेटमा असारसम्म ३ करोड १५ लाख ४६ हजार ८४१ रुपैयाँ खर्च गरेको छभने ४ करोड ८४ लाख ५३ हजार १५८ रुपैयाँ फ्रिज भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईले ३१ करोड ८२ लाख २९ हजार रुपैयाँ खुद बजेटमा असारसम्म ३० करोड ६३ लाख ९३ हजार ८३ रुपैयाँ बजेट खर्च गरेको छभने १ करोड १८ लाख ३५ हजार ९ सय १३ रुपैयाँ खर्च बजेट फ्रिज भएको छ । स्रोत ः राजधानीदैनिक