भिटिएसको विरोधमा हेटौंडाका व्यावसाय बन्द

गुगलपाटी संवाददाता हेटौंडा
७ श्रावण २०७६ ०७:३४

नेपाल सरकारले व्यापार व्यावसायलाई पूर्ण रुपमा करको दायरामा ल्याउन लाग्दा हेटौंडामा यसको बिरोध गरिएको छ । मकवानपुर उद्योग वाणिज्यसंघको आयोजनामा आज बिहानैबाट हेटौंडा बजार बन्द गरिएको छ ।

सरकारले लागु गरेको ‘भिसिटिएसको (भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’) विरोधमा मंगलबार मकवानपुरले उद्योग वाणिज्य संघले विरोध र्याली निकालेको हो ।

नयाँ आर्थिक बर्ष ०७६र०७७ बाट लागु गर्न लागेको भिसिटिएसको विरोधमा हेटौँडाका ब्यवसाय बन्द भएका छन् ।

सरकारले साउन १ गतेबाट लागु गरेको ‘भिसिटिएसको विरोधमा आज हेटौँडाका ब्यवसाय बन्द गरेका हु न् ।
सरकारले लागु गरेको (भिसिटिएस)ले साना ब्यवसायीहरु मारमा परेकोले भन्दै सरकारलाई दवाव दिनको लागि ब्यवसायीहरुले बजार बन्द गर्नु परेको बताएका छंन।