यसरी भयो चुरियामाईमा भयानक दुर्घटना
गुगलपाटी संवाददाता हेटौंडापूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनरलाई क्रेनको सहायताले हेटौंडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भयो ।
विग्रेको कन्टेनर ल्याउँदा खासै ठुलो खतरा नरहेको भन्दै सवारी साधनहरु चलिरहेका थिए । तर अचानक कन्टेनर अनियन्त्रित भयो जसले चुरियामाईमा आकस्मिक रुपमा ठुलो दुर्घटना निम्त्यायो ।
यसैविच भारतीय मालवाहक कन्टेनरले थिचेर मृत्यु हुनेको पहिचान खुलेको छ । लामसुरे बस्दै आएका हेटौंडा–३ बसामाडीका अटो चालक सुजनकुमार ढकाल मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुने अर्का मोटरसाइकल चालकको पहिचान अझै खुलेको छैन ।
दुर्घटनामा ५ जना घाइतेको हेटौंडाको चुरेहिल अस्पताल उपचार भइरहेको छ भने ३ जनाको सामान्य उपचार भएर फर्केका छन् ।कन्टेनरलाई तानेर ल्याउने क्रममा ५ भन्दा धेरै सवारी साधनमा क्षति भएको छ ।