अपडेट : चुरियामाईमा मृत्यु हुनेको पहिचान खुल्यो
गुगलपाटी संवाददाता हेटौंडाभारतीय मालवाहक कन्टेनरले थिचेर मृत्यु हुनेको पहिचान खुलेको छ । लामसुरे बस्दै आएका हेटौंडा–३ बसामाडीका अटो चालक सुजनकुमार ढकाल मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुने अर्का मोटरसाइकल चालकको पहिचान अझै खुलेको छैन । दुर्घटनामा ५ जना घाइतेको हेटौंडाको चुरेहिल अस्पताल उपचार भइरहेको छ भने ३ जनाको सामान्य उपचार भएर फर्केका छन् ।
कन्टेनरलाई तानेर ल्याउने क्रममा ५ भन्दा धेरै सवारी साधनमा क्षति भएको छ ।