कांग्रेस मकवानपुरद्वारा मृतक बलामीको परिवारलाई २५ हजार सहयोग
गुगलपाटी संवाददाता थाहा- ७नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले खोलाले बगाएर मृत्यु भएकी १२ वर्षिया बालिकाको परिवारलाई मंगलबार राहतस्वरूप २५ हजार सहयोग गरेको छ ।
कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप २५ हजार हस्तान्तरण गर्नुभएको हो ।
गत असार २७ गते अविरल वर्षाको कारण बढेको खोलाले थाहा नगरपालिका ३ दम्की महाभीर खोलाले बगाउँदा १२ वर्षिया सञ्चना बलामीको मृत्यु भएको थियो ।
त्यसैगरी मृतक बलामीको परिवारलाई दिव्यतारा सहकारी संस्था पालुङ शाखाले पनि राहतस्वरूप १० हजार सहयोग गरेको छ ।
सहकारी बोर्डका कार्यकारी सदस्य आनन्दराम पराजुलीले राहत रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य एवं थाहा नगर उपप्रमुख खड्ग गोपाली, जिल्ला सदस्य सुशान्त श्रेष्ठ, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, महिला संघ जिल्ला सचिव निलम देवकोटा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, थाहा नगरका नेताहरु राजभाई गोपाली, भरत गोपाली, राममाया खत्री, प्रमोदकृष्ण जोशी, ईन्दिरा गोपाली, स्थानीय समाजसेवीहरु सुरेन्द्रमान प्रधान, यादवजंग रायमाझी, बिक्रम केसी, संचारकर्मीहरु मनिषा बस्नेत, मञ्जरी बलामीलगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस मकवानपुरले जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ५ मृतकको परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिने निर्णय अनुसार थाहानगरपालिका ३ दम्की घर्तिखोलाको बलामी परिवारलाई राहत दिईएको हो ।